TRENDING
होमपेज
बजार फेरि थपियो २ करोड ६२ लाख कित्ता शेयर


काठमाडौं । यस साता शेयर बजारमा २ करोड ६२ लाख कित्ता शेयर सूचीकृत भएको छ । यस साता विभिन्न ५ कम्पनीको शेयर नेप्सेमा थपिएको हो ।
बजारमा दुई वित्तिय कम्पनीको हकप्रद शेयर र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आज नेप्सेले सार्वजनिक गरेको साप्ताहिक रिर्पोट अनुसार ५ कम्पनीको २ करोड ६२ लाख ४५ हजार २८६ कित्ता शेयर सूचीकृत छ ।
जसमध्ये समृद्धि फाइनान्स लिमिटेडको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर र नेपाल फाइनान्स कम्पनीको १६ लाख ९७ हजार ५०६ दशमलव ३ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
यस्तै, सानिमा बैंकको ८८ लाख १ हजार ३८१ कित्ता बोनस शेयर, चिलिमे हाइड्रो पावर कम्पनीको क ५७ लाख ९ हजार ७६२ दशमलव ३ कित्ता र एनसीसी बैंकको ९६ लाख ५ हजार ९९७ दशमलव ४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
हेर्नुहोस् सूची :
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७