TRENDING
होमपेज
ज्योति लाइफको आईपीओ : पहिलो दिनमै १ लाख ३८ हजार जनाको आवेदन, कहिलेसम्म भर्न पाइने ?


काठमाडौं । आजैदेखि विक्रीमा आएको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १ लाख ३८ हजार जनाले आवेदन दिएका छन् । आईपीओ विक्री भएको पहिलो दिनमै १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ ।
शुक्रवार अपरान्ह ३ बजेसम्म ३५ लाख १४ हजार ६२० कित्ताका लागि आवेदन दिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो ।
कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
उक्त आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७