TRENDING

८ लाख ५० हजार कित्ता एफपीओ आउँदै

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता शेयर एफपीओ निष्कासन गर्ने भएको छ ।

एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न संस्थाले चैत ८ मा साधारणसभा बोलाएको छ । संस्थाले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्कासन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्तिसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

एफपीओ