TRENDING

लगानी गर्ने होइन त ? केही दिनमै आउँदैछ फेरि नयाँ आईपीओ, ५ लाख ९४ हजारले पाउने !

काठमाडौं ।  आउँदो फागुन २३ गतेदेखि ६६ करोड रुयैयाँ बराबरको आईपीओ आउने भएको छ ।

शेयर बजारमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ । जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।

आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। फागुन २८ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरो शेयर र आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।

आईपीओ