

काठमाडौं । भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् । मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् ।
ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ । भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको अर्का व्यवसायी लक्ष्मीबहादुर थापाले बताउनुभयो । सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ ।
यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायी थापाको भनाइ छ । कुखुरा व्यवसायी थापाले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गर्नुभयो । भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ । भारतमा रु १८० प्रतिकेजीमा पाइने कुखुरा नेपालमा रु २१० प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसल–पसलमा पुर्याउने गरेका छन् । रु २१० मा खरिद भएको कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य रु ३४० सम्ममा बिक्री गर्ने गरिएको छ । मुनाफाका लागि नेपालगञ्जका मासु व्यवसायीले लुकाइछिपाई अवैधरूपमा कुखुरा ल्याउने र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
नेपाल–भारत सीमा क्षेत्र जुमनाहस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरी मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिएको बताउनुभयो । “यहाँबाट भारतीय कुखुरा र अण्डा भित्रिन दिएका छैनौँ”, इन्चार्ज गिरीले भन्नुभयो, “खुला नाका भएकाले सुरक्षाकर्मी नभएको भित्री गाउँबाट भित्रिएको हुनसक्छ ।”
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७