TRENDING

राष्ट्रिय खाद्य बैंक संचालनमा, अब किसानलाई हुने भयो यस्तो सुविधा

काठमाडौं । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारासाथ स्थापना भएकोे राष्ट्रिय खाद्य बैक लिमिटेड देशको ७७ ओटै जिल्ला र प्रदेशहरुमा उपस्थीति जनाउन सुरु गरेको छ । कृषि उत्पादन र बजारिकरणमा सर्मपित रहि दुई अर्ब लगानीमा स्थापना भएको यो बैकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघाडी बढ्ने लक्ष्य लिएको बताइएको छ ।

कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको “सम्मृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सहयोग गर्ने, क्रमश अग्रानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैक अघाडी बढेको हो । यो बैंक आफैले खाधन्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादनको कार्य गर्दछ । साथै यो बैकले कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्दछ ।

देशैभरका किसानहरुसँग सहकार्य गर्ने उदेश्य लिएको बैकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ । सोही अनुसारको कार्य सुरु गरिसकिएको बताइएको छ । बैकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने र हाल कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको पनि बताइएको छ । ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगिसकेको छ ।

हालसम्म बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको छ । सोही स्थानमा करिव ५००० विघा किसानका जमिनहरुमा सहर्काय गर्दै उत्पादन कार्य अघि बढाउने कुरा पनि अघि बढीसकेको छ । त्यसैगरी झापा, मोरग, सुनसरी जिल्लामा १०४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमती भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिनेछ । खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्यमा बंैकले सहकार्य गर्ने जनाइएको छ ।

हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको यस बैकले त्यसलाई अझै विस्तार गर्दै केहीबर्ष भित्रै साधारण शेयर (आइपिओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । कृषिमा देशलाई आत्मनिर्भर बनाउने अभिप्रायले अघाडी आएको यो बैकले गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत विक्रि वितरण गर्ने उदेश्य समेत बनाएको छ । त्यसैगरी यो बैकले कृषि उत्पादन वृद्धि र व्यवसाय विस्तारको लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना मार्फत आफना गतिविधिहरु सार्वजनिक गरिसकेको छ ।

कृषि पेशालाई मर्यादित, सम्मानीत बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउने कार्यलाई यो बैकले अभियानको रुपमा अघि बढाएको अध्यक्ष शंकरनाथ उप्रेतीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।