TRENDING

महिला लघुवित्तको आईपीओ बाँडफाँड हुँदै, साढे ३७ हजारले मात्रै १० कित्ता शेयर पाउने, कसरी हेर्ने रिजल्ट ?

काठमाडौं । आज (शुक्रवार ) महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङ्गले आज केही बेरमै आईपीओ बाँडफाँड गर्न लागेको हो ।

क्यापिटलका अनुसार लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलवार नै भइसकेको छ । लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

तर यो पटकदेखि लगानीकर्ताले अनलाइन मिडियाबाट आईपीओ परे नपरेको रिजल्ट भने हेर्न नपाउने भएका छन् । यसअघि विभिन्न सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न पाइन्थ्यो ।

यसरी धेरै स्थानबाट रिजल्ट हेर्न पाउने व्यवस्थाले लगानीकर्ताको व्यक्तिगत विवरण बाहिरिएको भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले रोक लगाएको हो ।यो व्यवस्थासँगै लगानीकर्ताले अब आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।

महिला लघुवित्त