TRENDING

बजारमा फेरि थपियो यी चार कम्पनीको ३ करोड ३९ लाख कित्ता शेयर, कुनको कति ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बिहीवार विभिन्न बैंक तथा वित्तीय कम्पनीको ३ करोड ३९ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीवार मेगा बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको ३ करोड ३९ लाख ७८ हजार ४७८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बिहीवार मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५ दशमलव ४१ कित्ता, कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१ दशमलव शून्य ४ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता र ग्लोबल आइएमई लघुवित्तको ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

मेगा बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत, कृषि विकास बैंकले पुस २७ गतेको साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस २४ गतेको साधारण सभाबाट पारित ७ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ४७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

यी चारै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

शेयर सूचीकृत