

इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो० रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै यस वर्ष भाउ कम आएको हो ।
गत वर्ष अदुवाले मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गर्नुभएको थियो । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको खनाल बताउनुहुन्छ । अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन सकिएको छैन । यहाँ उत्पादन हुने ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि श्रम मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपाल बताउनुहुन्छ ।
अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।
गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेल बताउनुहुन्छ ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७