

वाग्मती । सरकारको स्वामित्वमा सञ्चालित हैटाँैडा दुग्ध वितरण आयोजना द्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थाले पछि माग समेत बढेको छ ।
आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाख देखि माघ महिना सम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उहाँले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सात/आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ । अहिले सम्म सात पटक घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घ्यू उत्पादन हुने गर्छ ।
हेटाँैडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजना बाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट जिल्लामा सङ्कलन भइरहेको छ ।
ती मध्ये प्रशोधित ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्री वितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले दैनिक ६ हजार कृषक घर परिवारबाट दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोड देखि रु पाँच करोड सम्म भुक्तानी गर्दै आएको छ ।
बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्री वितरण भइरहेको बताइएको छ ।
उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश ः चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेको छ ।
मकवानपुर लगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्था बाट समेत दुग्ध सङ्कलन हुने गरेको आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भन्नुभयो,“आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी बढी भएको दूध बालाजु लगायत अन्य आयोजनामा पठाउने गरेको छ ।”
आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी , फेसमिल्क ,एक हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको उहाँले जानकरी दिनु भयो ।
बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७ बिक्री बुथ मार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७