

ताप्लेजुङ । विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उहाँ सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुनुहुन्छ । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उहाँ स्थापित हुनुभएको हो । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरांै हुन्थे ।
विगतमा उहाँ नकै व्यस्त हुनुहुन्थ्यो चिराइतो सङ्कलन गर्न । तर आजभोलि उहाँ निकै फूसर्दिलो हुनुभएको छ । किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । उहाँले भन्नुभयो,“अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।” विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेको शेर्पाले बताउनु भयो ।
अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताउनु भयो । मानवीर राईले विगतमा एक सय मन चिराइतो उत्पादन गर्नुहुन्थ्यो । अहिले उहाँको घरमा औषधिको लागि ६÷७ केजी मात्र छ । उहाँले चिराइतोको बजार नभए पछि व्यवसाय परिवर्तन गरिसक्नुभयो । त्यस्तै फक्ताङलुङ गाउँपालिका– ६ का राजकुमार राई पनि चिराइतो खेती गर्न छोड्ेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताउनु भयो । विगतमा चिराइतो खेती गर्ने अहिले प्रायः सबैले व्यवसाय परिवर्तन गरेका छन् ।
विगतमा एक मन चिराइतो रु दुई हजार ६००मा बिक्री हुन्थो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटर सम्म अत्यधिक हुने गर्छ । यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताउनु भयो ।
ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताउनुभयो ।
ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी तापलेजुङ बाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।
गत वर्ष इलाम, पाँचथर र सङ्खुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङगोला नाका हँुर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताउनुभयो । कोरोनाको कारणले ओलाङचुङगोला तर्फको टिपताला नाका ११ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर अहिले कारोवार नभएको र नाकासम्म पु¥याउँदा जहिले पनि १६ हजारसम्म बिक्री गर्न सकिने शेर्पाले बताउनु भयो ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७