

काठमाडौँ । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमित मध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् ।
बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमित मध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ । अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १४४ छन् । हालसम्म उपचार पछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । कोरोना मुक्त हुनेको दर ९८।७ प्रतिशत पुुगेको छ । बितेको २४ घन्टामा कोरोनाका कारण दुुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना बाट दुुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७