TRENDING
होमपेज
घुस लिएको अभियोगमा पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायी मार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।
आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसर बाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रिसालका अनुसार आइतबार उनीहरु पक्राउ परेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगले उनीहरुको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७