TRENDING

ऋण नतिर्नेलाई झनै सहुलियत, राष्ट्र बैंकले गर्यो यस्तो नयाँ व्यवस्था !

काठमाडौं । कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी बस्नेलाई नेपाल राष्ट बैंकले थप सहुलियत दिने भएको छ ।

ऋण नतिर्ने र कर्जाको पुनर्तालिकीकरण पनि नगरेका व्यवसायीलाई थप सहुलियतको व्यवस्था गरेको हो । अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने राष्ट बैंकले जनाएको छ ।

०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो । राष्ट बैंकले आज आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । सो समिक्षामा सहुलियतको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरणको समय ६ महिनाले बढाएको छ भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको छ ।

राष्ट्र बैंक