

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजारमा सोमबार देखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ ।
विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गर्नुभएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को इजाजत प्राप्त गरेर गौशाला नगरपालिकाले नेपालमै पहिलो पटक आयुर्वेदमा सो तहको पठनपाठन शुरुआत गराउन सफल भएको भन्दै पूर्वमन्त्री पोखरेलले आयुर्वेदको शिक्षालाई सबैले आधुनिक विज्ञानसँग जोड्न आग्रह गर्नुभयो ।
उहाँले पश्चिमी विज्ञानको पछि लाग्दा अहिलेका व्यक्तिले प्राचीन योग, ध्यान र आयुर्वेदलाई बिर्सिँदै गएको भन्दै प्राचीन विज्ञानलाई जीवन्त राख्न यस्तो शिक्षाको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको युगमा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गर्न तथा दीर्घजीवी हुन योग, ध्यान र आयुर्वेदको विकल्प नरहेको बताउनुभयो ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७