

रसुवा । इजाजत बिना सवाारी साधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो ।
परीक्षणको क्रममा ३५ का अनुमति पत्र नभएका र २० सवारी साधनले नवीकरण नगरेका भेटिइएको थियो । जिल्ला ट्राफिक प्रमुख चन्द्रबहादुर घिसिङले सबैलाई पहिलो पटक कारवाही स्वरूप जरिवान गरी छोडिएको जानकारी दिनुभयो ।
उनीहरुलाई ट्राफिक नियम, हुनसक्ने जोखिम, भोग्नु पर्ने सजाय समेतका बारेमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । विशेष परीक्षण अन्तर्गत समग्रमा ५० सवारी साधन कारवाहीमा परेका र जरिवान बापत दुई लाख ५० हजार राजश्व दाखिला भएको बताइएको छ ।
ट्राफिक व्यवस्थापन अन्तर्गत नियम उलङ्घन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । जरिवाना गरिएका सवारी साधन मध्ये छ देखि नौ वर्षसम्म नवीकरण नभएका तीन सवारी साधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ ।
दिन प्रतिदिन पासाङल्हामु राजमार्गमा गुढ्ने सवारी साधन मध्ये सबै भन्दा धेरै मोटरसाइकलको सङ्ख्या बढी रहेकोे छ । युवाले चलाएका ती सवारी साधन तीव्ररूपमा गुड्ने पाइएकाले गुडाउने रफ्तारको बारेमा समेत सचेत गराउँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सडकको अलावा गाउँ टोल देखि विद्यालयसम्म विविध प्रकारका सन्देशमूलक सचेतना कार्यक्रमसमेत अगाडि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा ट्राफिक नियमको कार्यान्वयन एवं महिला हिंसा नियन्त्रण लगायतका विषयमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो । विद्यालय स्तरमा गई विद्यार्थी माझ लागूऔषधका साथै साइवर अपराध नियन्त्रण एवं बालबालिकाको संरक्षण समेतका विषयमा सन्देशमूलक ज्ञान प्रदान गरिएको प्रहरी जनाएको छ ।
धुञ्चे, स्याफ्रबेँेसीँ, टिमुरेको साथै आमाछोदिङ्मो तथा नौकुण्ड गाउँपालिकाको केही विद्यालयमा सचेतना गराउने कार्य सम्पन्न भएको छ । ट्राफिक प्रहरीद्वारा सवारी साधन सम्बन्धी र नेपाल प्रहरीले कूलतबाट जोगाउन सानु उमेरबाटै विद्यालयस्तर देखिनै दिएको ज्ञानले समुन्नत समाज निर्माणमा योगदान पुग्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनेमा सम्पूर्ण अभिभावक आशावादी रहेको समाजसेवी भवनाथ पौडेलले जानकारी दिनुभयो ।
समाजमा हुने अपराध न्यूनीकरण गर्न प्रहरी अहोरात्र खटिरहेकोले जिल्लाभित्र कुनै प्रकारका अपराध भएमा वा हुने सम्भावनाको सङ्केत देखिएमा कार्यालयलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७