

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१ बलाहा स्थित शङ्करपुर शाखा नहरबाट २५० केजी गाँजा सहित पक्राउ परेका दुई जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उप महानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनु भयो । धनकुटा बाट को१च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङगको बाटो प्रयोग गरेर भारत तर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजा सहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐेन २०३३ बमोजिम अनुसन्धान शुरु गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताउनु भयो ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७