

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ । भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौं ।
उहाँले चर्चा गरे जस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग गर्ने योजना नरहेको पनि दाबी गर्नुभयो । कङ्क्रिट संरचना भत्काउँदा सम्पदा प्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुग्नुभएको थियो । उहाँहरुले ती संरचना बिना जानकारी भत्काएको जनाउँदै अवरोध गर्न खोज्नुभएको थियो ।
कामपाले करीब २४ रोपनीको कमलपोखरी लाई ‘सुन्दर बनाउने’ पहल गत २०७६ असारबाट शुरुआत गरेको हो । यसका लागि रु ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरी सिँढी बनाउने काम जारी राखेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७