TRENDING

गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध पुर्याइएको छ । कार्यालय प्रवेश गर्न लाग्दा उनीलाई नगर प्रहरीले गेटमै रोकेका छन् भने गेटमा ताला लगाइएको छ ।

नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीले  तालाबन्दी गरेर उपप्रमुखलाई गेटमा रोकेको बताइएको छ । आफुलाई नगरप्रमुखकै निर्देशनमा कार्यालय प्रवेशमा रोक लगाइएको महतोको भनाई छ । जनताबाट निर्वाचित प्रतिनिधी माथी कार्यालय प्रवेशमा रोक लगाइनु गुण्डागर्दी शैली भएको उपप्रमुखको भनाई छ । महतोसँगको विवादका कारण उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाइएको खबर छ ।