

काठमाडौं । रौतहट बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबुले न्यायाधिशहरुमाथि कारबाहीको माग राख्दै न्यायपरिषदमा उजुरी दिएका छन् ।
श्रीनारायण सिंह राजपुतले सोमबार न्यायपरिषदमा उजुरी दिएका मुद्दामा पर्याप्त प्रमाण हुँदाहुँदै बमकाण्डका आरोपित मोहम्मद आफ्ताब आलमलाई सफाइ दिएपछि , सफाइ दिने न्यायाधीशहरुमाथि कारवाहीको माग राख्दै न्यायपरिषदमा उजुरी दिएका हुन् । उनले उच्च अदालत वीरगञ्जका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै कारबाहीको माग राखेका छन् ।
बम विष्फोटमा छोरा त्रिलोकप्रताप सिंह मारिएपछि उनका पिता श्रीनारायण सिंह १८ वर्षदेखि निरन्तर न्यायका लागि संघर्ष गरिरहेका छन् ।
उनलाई न्यायको आभाष हुनुको सट्टा आरोपित आलमले सफाई पाएपछि उनलाई सफाई दिने न्यायाधिसहरु माथि कारबाहि हुनुपर्ने मागसहित उनले न्यायपरिषदमा उजुरी दिएको बताइएको छ । उच्च अदालतले प्रमाणको उचित मूल्यांकन नगरी आलम लगायतलाई सफाइ दिएकोमा आफ्नो चित्त दुखेको उनले बताएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७