

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनतामा निकै ठूलो आशा जागेको दाबी गरेका छन् । आइतबार पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जनताको भाव, माग र आवाज बुझ्दा बृद्धबृद्धादेखि युवाहरु फेरि एकचोटी माओवादीसँग नै जोडिने संकल्पको चित्र आफूहरुले देखेको बताएका हुन् । उनले माओवादीले अब समाजवादी क्रान्तिलाई अगाडि बढाउने बताउँदै जनवादी क्रान्तिको बेलाजस्तै सर्वत्र हस्तक्षेपको नीति अवलम्बन गर्न वाईसीएल नेपाललाई निर्देशन दिए ।
‘सर्वत्र सबैतिरबाट हस्तक्षेप गर्नुपर्छ हामीले । हिजो जनवादी क्रान्तिको कालमा युद्धको कुरा गर्थ्यौं । अहिले पनि समाजवादी क्रान्ति कालमा पनि हामीले समग्रमा नै सबै क्षेत्रबाट हमला गर्नुपर्ने आवश्यकता छ र मात्रै हामीले समाजवादी क्रान्तिको बाटो अगाडि बढाउन सकिन्छ । समाजवादको आधार तयार पार्न सकिन्छ,’– उनले भने । प्रचण्डले पार्टीले गम्भीर आत्मसमीक्षा गरेर यथास्थितिमा बसेर नेपाली जनताको भरोसा र विश्वास जित्न सकिँदैन भन्ने निष्कर्षसहित नेता र कार्यकर्ताहरुको विश्वास र भरोसा पनि जित्ने गरी काम गर्न वाईसीएल नेपाललाई आग्रह गरे । आत्मसमीक्षाको परिणाम हुलाकीमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियान रहेको उनले बताए । उक्त अभियानमा एक करोडभन्दा बढी जनताको बीचमा पुगिएको बताए । उनले वाईसीएललाई आत्मसमीक्षा गरेर अगाडि बढ्न आग्रह गरे ।
‘हामीले यथास्थितिलाई तोड्नै पर्छ । केही नयाँ र राम्रा कामको सुरुवात गरेर फेरि जनतामा र आम कार्यकर्ता पंत्तिमा पनि एउटा भरोसा जगाउनुपर्छ भनेर हामीले जतिदिन बसिन्छ राम्रो गर्ने, नराम्रो नगर्ने भनेर नै सुरु गरेका हौं । त्यसले जनतामा भरोसा जगाउँदै थियो । सरकारबाट बाहिर आउने स्थिति नम्बरका कारणले जसरी बन्यो, हामी बाहिर आएपछि त्यसलाई अझ बढी अवसरको रुपमा प्रयोग गर्नेगरी केन्द्रीय समितिको बैठकबाट गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्यो हामीले,’– उनले भने ।
अहिले प्रतिगामीहरुले राजा र राजतन्त्रको वकालत गर्न थालेको बताउँदै प्रचण्डले त्यसको जबरजस्त खण्डण गरिने बताए । उनले तदारुकताको साथ, गम्भीरतापूर्वक र सकृयताको साथ प्रतिवाद आवश्यक रहेको बताए । राजतन्त्रले अढाइ सय वर्षसम्म देशलाई केही दिन नसकेको कुरा जनताको मन मष्तिस्कमा बस्नेगरी बुझाउन उनले आग्रह गरे ।
उनले तत्कालीन शाही परिवारलाई मुर्तिचार, बलात्कारी, हत्यारा र तस्करको संज्ञा दिए । उनले नारायणहिटी हत्याकाण्डको नाइके को हो भन्ने कुरा जनतालाई भनिदिन आवश्यक रहेको बताए ।
मुख्य समाचारबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७