TRENDING

वि लामिछानेको तर्फबाट बहस सकियो, छविलाल जोशीको तर्फबाट बहस जारी

काठमाडौं । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा अधिवक्ताहरुको बहस सकिएको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई भइरहेको छ ।

लामिछानेको तर्फबाट वकिलहरुको बहस सकिएको हो । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आजपनि लामिछानेको तर्फबाट बहस गरेका हुन् । वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् । लामिछानेको तर्फबाट बहस सकिएपछि अहिले पूर्व डिआईजी छविलाल जोशीको तर्फबाट बहस सुरु भएको छ ।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरुमा बहस गरेका थिए । थापाको बहस सकिएपछि अहिले अरु अधिवक्ताले बहस गरिरहेका छन् ।