TRENDING

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैटौं पटक हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा परेको छ । आज (सोमबार) प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएकोमा अन्ततः हेर्न नमिल्नेमा परेको हो ।

रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकाननुी थुनामा राखिएको जिकिरसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । लामिछाने हाल उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् ।