

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी नेपाली छात्रा प्रिसा साहको नेपालको ठेगाना खुलेको छ ।
उनी पर्साको वीरगन्ज महानगरपालिका–१५, भिस्वा टोलकी वासिन्दा रहेको खुलेको छ । प्रिसा बिहीबार केआईआईटीको होस्टेलमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी थिइन् ।
“प्रिसा साह वीरगन्ज महानगरपालिका वडा नं. १५, भिस्वा टोलकी बासिन्दा हुन् । हामी यो घटना थाहा पाएपछि बिहीबार राति नै उनको घरमा पुगेका थियौँ । तर, घरमा उनको परिवारका कोही सदस्य भेटिएन,” वीरगन्ज–१५ का वडाध्यक्ष रमेशप्रसाद यादवले बाह्रखरीसँग भने ।
वडाध्यक्ष यादवका अनुसार, उनीहरू सर्लाहीबाट बसाइँ सरेर वीरगन्ज आएका हुन् । सर्लाहीको कविलासी नगरपालिकाबाट प्रिसाका अभिभावक वीरगन्ज महानगरपालिका–१५, भिस्वामा सरेका थिए ।
“घरमा प्रिसा साहको बुवाआमा कोही हुनु हुन्थेन । घर भाडामा दिइएको रहेछ,” वडाध्यक्ष यादवले भने, “प्रिसाको बुवाको मोबाइल नम्बरमा धेरै फोन गरियो, तर उठेन ।”
छिमेकमा सोधपुछ गर्दा प्रिसाको बुवा श्याम साह बाराको सिम्रौनगढमा हेल्थ असिस्टेन्ट रहेको थाहा हुन आएको उनले बताए । “कसैले हेल्थ असिस्टेन्ट, कसैले डाक्टर हो भन्छन् । यकिन भइसकेको छैन,” उनले भने ।
केआईआईटीमा कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी १८ वर्षीय छात्रा प्रिसा बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव भुवनेश्वरस्थित एम्स अस्पतालमा राखिएको छ ।
-बाह्रखरीबाट लिइएको
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७