TRENDING

मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न दाहालको चेतावनी

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्न दाहालको चेतावनी कम्युनिष्ट स्थापना दिवसको शुभकामना दिँदै उनले अब वंशवाद नफर्कने बताएका छन् । मंगलबार उनले विज्ञाप्ति जारी गरी अब समाजवादी क्रान्तिको बाटोमा अघि जानुपर्ने बताएका छन् । ‘कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं’, उनले भनेका छन् ।

यतिबेला एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गरिरहेको उनको भनाइ छ ।

तर यो उनीहरूको दिवास्वप्न मात्रै रहेको उनको दाबि छ । उनले थप भनेका छन्, ‘किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।’ उनले पार्टी कार्यकर्ता, शुभेच्छुक र जनतासँग इतिहासलाई लेनिनको विचार एवं नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिहरूको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट हुन अपीलसमेत गरेका छन् ।