

लन्डन । बेलायतको मिडल्यान्डस्थित कोभेन्ट्री आसपासको नेपाली समुदायलाई समेटेर कोभेन्ट्री नेप्लिज् लायन्स् क्लब स्थापना गरिएको छ ।
आइतबार कोभेन्ट्रीमा आयोजित एक विशेष कार्यक्रममा स्थानीय सामाजिक अभियन्ता गोविन्द सापकोटाको नेतृत्वमा क्लब घोषणा गरिएको हो । २० सदस्यीय क्लबमा रमेश खनाल सचिव र सुरज पन्त कोषाध्यक्षको जिम्मेवारीमा छन्।
क्लबमा अध्यक्षको जिम्मेवारी पाउने सापकोटा बेलायतका विभिन्न सामाजिक संस्थासंग आबद्ध सक्रिय अभियन्ता हुन् । विगतमा उनले एनआरएनए पोर्चुगलमा समेत दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
नवगठित कोभेन्ट्री नेप्लिज लायन्स् क्लबले स्थानीय क्षेत्रमा नेपाली समुदायको एकता, सामाजिक सेवा र पहिचानलाई मजवुत बनाउने उद्धेश्य लिएको छ । स्वास्थ्य, शिक्षा, व्यवसाय र सामाजिक सेवाका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने क्लबको लक्ष्य छ। बेलायतमा यसअघि नेपालीहरुको सहभागितामा स्वीन्डन, वुल्भरह्याम्पटन लगायतका क्षेत्रमा पनि नेप्लिज् लायन्स् क्लब गठन भएका थिए।*
कार्यक्रममा प्रमुख अतिथि लायन्स् क्लबका यूके डिस्ट्रिक्ट गभर्नर लायन शु योंगले क्लबका नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र र आधिकारिक ब्याज प्रदान गरेका थिए। शुभकामना मन्तव्य दिंदै उनले क्लबको सफलताको कामना गरे। उनले नेपालमा लायनहरुको संख्या उल्लेखनीय वृद्धि भएर संसारकै शीर्ष स्थानमा पुगेको भन्दै त्यसबाट नेपालीमा रहेको उच्च परोपकारी भावना झल्किएको उल्लेख गरे।
कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले नवगठित क्लबलाई बधाई तथा सफलताको शुभकामना दिए । लायन्स् क्लबले नेपालमा उदाहरणीय परोपकारी कार्य गरेको स्मरण गर्दै उनले बेलायतका नेपाली लायनहरु पनि त्यसबाट अभिप्रेरित हुने विश्वास व्यक्त गरे । विदेशमा रहेपनि आफ्नो मातृभूमिसंग निरन्तर जोडिन आचार्यले सुझाव दिए।
नवगठित क्लब अध्यक्ष गोविन्द सापकोटाले आफूलाई नेतृत्वको अवसर दिने सबै लायनहरुप्रति आभार प्रकट गरे । अन्तरराष्ट्रिय संस्थासंग जोडिएर काम गर्ने अवसर पाएकोमा उत्साहित रहेको जनाउँदै उनले सबैबाट आवश्यक सहयोग मिल्ने आशा व्यक्त गरे।
सो अवसरमा नेप्लिज् लायन्स् क्लब वुल्भरह्याम्पटनका अध्यक्ष दीपक पौडेल, काभ्रे सोसाइटी यूके अध्यक्ष नारायण फुयांल, गल्कोट समाज यूके अध्यक्ष चन्द्र सहानी, व्यवसायी वरुण भण्डारी, कोभेन्ट्री नेपाली समाजका सचिव प्रकाश आचार्यसहितका विभिन्न संघसंस्थाका प्रतिनिधिले क्लबलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रम क्लबका सचिव रमेश खनालले सञ्चालन गरेका थिए।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७