

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको हो । यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट पनि नेष्डो लघुवित्तको ९.९८ प्रतिशत, गार्डियन माइक्रो लाइफ इनस्योरेन्सको ८.७३ प्रतिशत, विन नेपाल लघुवित्तको ८.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७३ करोड ५० लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख ४५ हजार रुपैंया, घलेम्दी हाइड्रोको ३३ करोड ४७ लाख ३८ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३० करोड ४२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको हो ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७