

काठमाडौं । यो वर्ष महाशिवरात्रि पर्व आज धूमधामका साथ मनाइएको छ । महाशिवरात्रि अन्तर्गत साँझ ७ बजेदेखि पहिलो प्रहर र त्यस लगत्तै साँझ ७ बजेदेखि विशेष पूजा भइरहेको छ । विशेष पूजा दुई सय जनाले मात्र गर्न पाउने नियम छ । महाशिवरात्रि अन्तर्गत आज राति ९ बजेदेखि दोस्रो प्रहर प्रारम्भ हुने र राति १२ बजेदेखि तेस्रो प्रहर तथा बिहान तीन बजेदेखि चौथो प्रहर प्रारम्भ हुनेछ । हरेक प्रहरको प्रारम्भमा विशेष पूजा गरिने छ ।
यसैबीच, महाशिवरात्रिको अवसर पारेर आज साँझ छ बजेसम्म करिव सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बुधवार बिहानदेखि साँझसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताएका छन् ।
जोशीका अनुसार आधिकारिक संख्या भने बिहीवारमात्र कोषको प्रचार प्रसार समितिले सार्वजनिक गर्नेछ । यद्यपि उनले अहिलेसम्मको तथ्यांकका आधारमा करिव सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको अनुमान छ । कोषले जनाए अनुसार बिहीवार बिहानसम्म नै भक्तजनहरुले पशुपतिनाथको दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७