TRENDING
होमपेज
नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै


काठमाण्डौ । नेपाल कबड्डी लिग ९एनकेएल० को उपाधिका लागि आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स खेल्दै छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा फाइनल खेल बेलुका साढे ६ बजे शुरू हुनेछ ।
जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रह्यो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो ।
त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो । नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डीको प्रतियोगिता गएको माघ ४ गतेदेखि शुरू भएको हो । प्रतियोगितामा विभिन्न शहरका ६ वटा टोली सहभागी थिए ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७