TRENDING

रसुवागढी नाकाबाट एक खर्ब बढीको सामग्री आयात

काठमाडौ । रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको पाँच महिनामा एक खर्बभन्दा बढीको सामग्री आयात भएको छ। चालू आव ०८१र०८२ को साउनदेखि मंसिर मसान्तसम्ममा एक खर्ब २४ अर्ब ४२ करोड मूल्य बराबरको सामग्री आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

यो अवधिमा तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारीसाधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरजस्ता वस्तु आयात भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए। सामग्री आयातबाट कार्यालयले १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।