TRENDING
होमपेज
देशभरको मौसम आज सामान्यतया सफा रहने


काठमाडौ । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर सामान्य हिमपातको सम्भावना रहे पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
आज चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम सात दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज बिहान चार दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने मौसमविद् मानन्धरले बताउनुभयो । यसैबीच भोलि बेलुकादेखि पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएर बदली र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७