TRENDING

चुरियामाई सुरुङमार्ग नागरिकका लागि खुला

मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि नागरिकका लागि खुल्ला गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग आज सोमबारबाट नागरिकका लागि खुला गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङ मार्गको उद्घाटन गर्दै सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग सुरुङ मार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो ।