TRENDING
होमपेज
पाकिस्तानमा २० लाख बालबालिकामा कुपोषण


एजेन्सी । पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा ४९.६ प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको पोषण सर्वेक्षणले गरेको छ।
बलुचिस्तान पोष्टका अनुसार बलुचिस्तानका सबै ३६ जिल्लाहरूमा फैलिएका करिब आधा बालबालिकाले गम्भीर खाद्य असुरक्षाको अनुभव गरिरहेका छन्।
कुपोषणले बालबालिकाको बृद्धि र विकासमा बाधा पुर्याउने मात्र नभई तिनीहरूको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउँदै विभिन्न रोग लाग्ने सम्भावना बढाएको चिकित्सकले जनाएका छन् ।
यीमध्ये धेरै बालबालिकाका लागि दादुरा जस्ता रोगहरू घातक हुन सक्छन्। उनीहरूको शारीरिक विकास र तौल उनीहरूका साथीहरूको तुलनामा निकै कम हुन्छ।
यी बच्चाहरूलाई विशेष हेरचाह र उनीहरूको पोषण आवश्यकता पूरा भएको सुनिश्चित गर्न नजिकको निगरानी आवश्यक छ। बलुचिस्तानले सन् २०१८ देखि पोषण आपतकालको सामना गरिरहेको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७