

काठमाडौँ। नेपालमा कमजोर दृश्य क्षमता र रातको समयमा पनि उडान अवतरण गर्न सकिने प्रविधि जडित विमानस्थलको सङ्ख्या १० पुगेको छ । कन्ट्रोल एरोड्रम सेवा अन्तर्गत सञ्चालित १२ वटा विमानस्थलमध्ये दस वटा विमानस्थलमा उडानका लागि सहायता प्रदान गर्ने उपकरण अर्थात् इन्स्ट्रुमेन्टल फ्लाइट रुल आइएफआर प्रविधि जडान गरी रात्रिकालीन उडान योग्य बनाइएको हो ।
देशभरि रहेका ५५ विमानस्थलमध्ये २१ वटा बन्द र ३४ वटा सञ्चालनमा छन् । तीमध्ये दस वटा विमानस्थलमा आइएफआर प्रविधि जडान गरेर रात्रिकालीन उडानयोग्य बनाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रविधिमा आधारित रहेर विमानस्थल सञ्चालनका लागि धावनमार्गको लम्बाइ, एप्रोच लाइट, पाथ इन्डिकेटर, धावनमार्ग, ट्याक्सी वे र एप्रोन क्षेत्रमा बत्ती जडान, एयर ट्राफिक सर्भिस ९कन्ट्रोल एरोड्रमल० लगायतका प्रविधि परीक्षण गरेर १० वटा विमानस्थल रात्रिकालीन उडानयोग्य बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “कन्ट्रोल एरोड्रमलमा आधारित सुर्खेत र भरतपुर विमानस्थलको धावनमार्गको विषय समाधान भएपछि त्यहाँ पनि रात्रिकालीन उडान सञ्चालनमा ल्याउने तयारी छ ।” उहाँले रात्रिकालीन उडान भरिरहेका भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमध्ये आठ वटा विमानस्थलमा भिओआर डिएमई र अन्यमा भिओआर डिएमई र सेटेलाइट बेस नेभिगेसनमा आधारित प्रविधि प्रयोगमा ल्याइएको बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७