

काठमाडौँ । हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन् । सामाजिक सञ्जालमा एउटा सानो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्विर कसरी बाहिर आयो भन्ने प्रश्न सुरु भएको थियो ।
गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत चासो राखेका थिए । गृहमन्त्रीले भने, ‘यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइसकेको छु ।’
समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७