TRENDING

मँगलबार अधिकांश भूभागमा मौसम सफा रहने

काठमाडौ । आज कोशी र गण्डकी प्रदेशका पहाडी इलाकाबाहेकका क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव छ।
सोही कारण आज दिउँसो कोशीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति कोशी र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।