TRENDING

सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो ।

कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउनेछन् । अहिले योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचारमा कोषबाट ८० प्रतिशत पाउँदै आएका छन् ।

देशभरी कोषमा आबद्ध अस्पतालको सङ्ख्या ९० वटा पुगेको छ । अहिले औपचारिक योगदानकर्ताका श्रीमान र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भएको छ ।

कोषमा सूचीकृत वैदेशिक रोजगारीमा रहेका श्रमिकका दम्पती तथा १८ वर्ष मुनिका छोराछोरीलेसमेत स्वास्थ्य उपचार सेवा पाउने कोषले जनाएको छ ।