TRENDING

सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६४ हजार रुपैयाँ रहेको थियो । पछिल्लो चार दिन यता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो भने चाँदीको भाउ अस्ति जस्तै तोलाको एक हजार नौ सय ५० रुपैयाँ रहेको थियो ।