

काठमाडौं । कालीमाटी बजारमा धेरै दिनसम्म मूल्य स्थिर रहेको आलु र प्याज मंगलबार केही घटेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार प्रतिकिलो ५ रुपैयाँ घटेको हो ।
अघिल्लो दिन अधिकतम प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु ७५ मा झरेको छ । त्यस्तै भारतीय रातो आलु ७० तथा सेतो आलु ६२ रुपैयाँ छ । त्यस्तै प्याज प्रतिकिलो अधिकतम ११० रुपैयाँ छ । प्याज अघिल्लो दिन ११५ रुपैयाँ थियो ।
गोलभेँडा पनि केही सस्तिएको छ । यस दिन ठूलो गोलभेँडा अधिकतम १०० र सानो गोलभेँडा ७० रुपैयाँ छ । धेरै तरकारीको भाउ स्थिर छ । स्थानीय काउली १२०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ७०, तने बोडी १५०, मटरकोशा १३०, घिउ सिमी १२० रुपैयाँ छ ।
तिते करेला १००, लौका ९०, भिण्डी १६०, बरेला ५०, इस्कुस २०, रायो साग ५०, पालुंगो साग १००, चमसुर साग १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । कन्य च्याउ २५० तथा डल्ले च्याउ ३२५ रुपैयाँ छ । कुरिलो १२०० रुपैयाँ पुगेको छ ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७