TRENDING

यि २० वटा हलबाट पूर्णबहादुरको सारङ्गी किन उतारियो

काठमाडौ । निर्माण पक्षले २० वटा हलबाट फिल्म पूर्णबहादुरको सारङ्गी उतार्ने भएको छ । ती सिनेमा हलहरूले उपलब्ध गराएको ग्रसकलेक्सन रिपोर्ट चित्तबुझ्दो नभएपछि शनिवारबाट सिनेमा उतार्ने निर्णय भएको हो ।
केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारङ्गी हाउस फूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मङ्सिर १ गते शनिवारबाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको सेभेन सिस सिनेमा परिवारले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।