TRENDING

आजको मौसम पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव छ ।

कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।