TRENDING

सुनको भाउमा फेरि नयाँ कीर्तिमान

काठमाडौ । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।