TRENDING

सुनको भाउले नयाँ रेकार्ड तोड्यो

काठमाडौ । सुनको भाउले नयाँ रेकार्ड बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।