TRENDING

अष्ट्रेलियामा ‘छक्कापन्जा ५’ले चार दिनमा कमायो करोड

अष्ट्रेलिया । नेपालसँगै अष्ट्रेलियामा पनि प्रर्दशनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले यहाँको बक्सअफिस कमाइमा नयाँ रेकर्ड राखेको छ । फिल्मको अष्ट्रेलियाली वितरण कम्पनी नमस्ते इन्टरटेनमेन्टले दीपाश्री निरौला निर्देशित कमेडी तथा सोसल ड्रामाले ४ दिनमा एक करोड रुपैयाँमाथि धेरै ब्यापार गरेको बताएको छ ।

कम्पनीका देव कार्कीले विहिबार, शुक्रबार, शनिबार र आइतबार फिल्मले उक्त कलेक्सन गरेको बताए । उनले अष्ट्रेलियामा चलेका नेपाली फिल्ममध्ये ‘छक्कापन्जा ५’ नै चार दिनमा यति धेरै ब्यापार गरेको पहिलो नेपाली फिल्म भएको दाबी गरे ।

उनले आगामी साता फिल्मको ब्यापार अझै बढ्न सक्ने प्रक्षेपण गरे । ‘दशैंको चहलपहलमा ब्यस्त दर्शक सोमबारदेखी बाहिर निस्कन थालेका छन्’ भन्छन्, ‘एकल रिलिजको अवसरले पनि फिल्मको ब्यापार अझै वृद्धि हुने देखिन्छ