TRENDING

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक पाँच सय रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।