

काठमाडौं । यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको फिल्मको ट्रेलरले दर्शकमा ‘फेस्टिभल मुड’ जगाउन सक्छ ।
‘दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।
ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ । फिल्ममा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने इमान्दार जागिरेको भूमिकामा देखाइएको छ । राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा समावेश छन् ।
अघिल्ला सिरिजमा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह, राजनीतिजस्ता आयामलाई कथावस्तु बनाइएको थियो । यसपटक ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा बनाइएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७