

धादिङ । धादिङ र काठमाण्डौको सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी शुरू भएको छ ।
तीन वटा गाडीमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि गाडी पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी शुरू गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो । दुई वटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको ठाउँमा एउटा कार पनि पुरिएको भन्ने आशङ्कामा खोजी शुरू गरेको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।
बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ । गाडीको चापकै कारण जोखिमपूर्ण ठाउँहरूमा जाम हुन नदिन काठमाण्डौ भित्रिने र बाहिरिने गाडीलाई आलोपालो गरी आउजाउ गराइएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७