

काठमाडौ । इरानले मंगलबार राति इजरायलतर्फ सयौँ मिसाइल प्रहार गरेको छ । यी मध्ये केही मिसाइलहरू इजरायली क्षेत्रहरूमा खसेका छन्।
यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो। अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।
इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन्। तर यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन ।
इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ । इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनी आक्रमणको चपेटामा परेको देखिन्छ। यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ ।
इजरायलले इरानको शासन विश्व शान्तिका लागि खतरा भएको बताएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७