TRENDING

झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालन

काठमाडौ । नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएको छ । झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएको र चितवनसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएको थियो । पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो । सडक दुईतर्फी सञ्चालनमा आए पनि सडकमा सवारी साधनको लामो चाप छ ।