TRENDING
होमपेज
बाढी र पहिरो ः ३ दिनमा १ सय २५ जनाको ज्यान गयो, ६४ जना बेपत्ता


काठमाण्डौ । पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर एक सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय २५ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन् । यस्तै ६१ जना घाइते भएका छन् ।
बाढी र पहिरोमा परी सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ६३ जनाको ज्यान गएको छ । काठमाण्डौमा ३९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा पाँच जनाको ज्यान गएको छ । यस्तै काभ्रेमा १८ जना, सिन्धुपाल्चोकमा नौ जना, मकवानपुरमा सात जना तथा पाँचथर र सोलुखुम्बुमा पाँचरपाँच जनाको ज्यान गएको छ ।
यस्तै बाढी र पहिरोमा परी काभ्रेमा २३ जना, ललितपुरमा १५ जना, काठमाण्डौमा ६ जना, दोलखामा चार जना र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । ३६ सय जनाभन्दा धेरैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७